गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : सांसद आशाकुमारी विक « Imagekhabar – Online News Portal of Nepal
१४ असार २०७९, मंगलवार | Tue Jun 28 2022


गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : सांसद आशाकुमारी विक


663
Shares

काठमाडौं । सांसद आशाकुमारी विकले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग्नुभएको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद विकले देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको रहस्यमय मृत्यु भएका घटनाले देशमा शान्ति सुरक्षा कायम हुन नसकेको भन्दै तत्काल गृहमन्त्री खाणले राजीनामा दिनुपर्ने स्पष्ट गर्नुभयो ।

‘बलात्कार र हिंसाका घटना टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब राजीनामा दिनुपर्छ,’ उनले भनिन्, ‘बालिका र किशोरी बलात्कृत भइरहेका छन् । रोल्पा कारागारमा सुन्दर हरिजनको मृत्यु भयो । यसरी अशान्ति टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।’