अर्घाखाँचीमा जिसस प्रमुख कोइरालाद्वारा शपथग्रहण, एमालेको प्यानलै निर्विरोध निर्वाचित « Imagekhabar – Online News Portal of Nepal
१३ असार २०७९, सोमबार | Tue Jun 28 2022


अर्घाखाँचीमा जिसस प्रमुख कोइरालाद्वारा शपथग्रहण, एमालेको प्यानलै निर्विरोध निर्वाचित


247
Shares

अर्घाखाँची । जिल्ला समन्वय समितिमा निर्वाचित प्रमुख जीवनारायण कोइरालाले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सन्धिखर्कमा आयोजना भएको शपथ ग्रहण कार्यक्रममा जिल्ला न्यायधिश वासुदेव न्यौपानेले समन्वय प्रमुख कोइरालालाई सपथ ग्रहण गराउनुभएको हो ।

यस्तै सपथ ग्रहण कार्यक्रममा बोल्दै नवनिर्वाचित समन्वय प्रमुख कोइरालाले ५ वर्षको अवधिमा आफ्नो अधिकार भित्ररहेका काम गर्न कुनै प्रकारको कन्जुस्याइँ नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै समन्वय प्रमुख कोइरालाले उपप्रमुख लक्ष्मी शर्मा ज्ञवाली लगायत ७ जना सदस्यले पद तथा गोपनियताको सपथ गराउनुभयो ।

संयुक्त गठबन्धनको बहुमत नआउने भएपछि उम्मेदवारी नदिँदा एमालेका उम्मेदवारहरू प्यानल नै निर्विरोध चयन भएका थिए ।