Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


ट्वीटर खरिद गर्ने निर्णयबाट पछि हट्ने एलनकाे चेतावनी


845
Shares

काठमाडौं । विश्वका नम्बर एक धनाढ्य एलन मस्कले सामाजिक सञ्जाल ट्वीटर खरिद गर्ने निर्णयबाटपछि हट्ने चेतावनी दिएका छन् ।

ट्वीटर कम्पनीले आफूले मागेको डाटा उपलब्ध नगराएको भन्दै मस्कले ४४ अर्ब डलरको सम्झौता रद्द गर्ने चेतावनी दिएका हुन् । सम्झौता गर्दा भएको सहमति अनुसार कम्पनीले डाटा नदिएको मस्कको तर्क छ। मस्कका कानून ब्यावसायीहरूले ट्वीटरलाई पत्र लेख्दै खरिद सम्झौता अनुसारको सूचना उपलब्ध नगराएर सम्झौता उल्लंघन गरेकाले आफूले मात्रै सम्झौता पालना गर्नुपर्छ भन्ने नरहेको उल्लेख गरिएको छ ।

उता, ट्वीटर कम्पनीले भने सम्झौता अनुसार सूचना दिएर सहयोग गर्न कम्पनी तयार रहेको दावी गरेको छ । गत अप्रिलमा ट्वीटरको सञ्चालक समितिले ४४ अर्ब डलरमा कम्पनी बेच्ने सम्झौता गरेको थियो । तर ट्वीटरका शेयर होल्डरहरुबाट उक्त निर्णय अनुमोदन हुन बाँकी छ । मस्कले ट्वीटरबाट स्पाम र बट सम्बन्धि डाटाहरु मागेका छन् ।

स्पाम र बट ५ प्रतिशत भन्दा माथि रहेको खण्डमा खरिद मुल्यमा पुनर्विचार हुनसक्ने बताइएको छ ।