
एजेन्सी । भारतीय सुपरस्टार सलमान खान र उनका पिता सलिम खानलाई एक अज्ञात व्यक्तिले ज्यान मार्ने धक्की दिँदै पत्र पठाएका छन् ।
भारतीय सञ्चार माध्मका अनुसार ज्यान मार्ने धम्कीले भरिएको पत्र आइतबार बान्द्राको ब्यान्डस्टयान्डमा भेटिएको हो । उक्त पत्र सलिम खानका सुरक्षा गार्डले फेला पारेका हुन् । सलिम खान मर्निङ वाकपछि सोही ठाँउमा आरम गर्न बस्ने गर्थे, जहाँ पत्र भेटिएको थियो । समाचारका अनुसार उक्त पत्रमा ‘तिम्रो अवस्था पनि सिद्धु मुसेवालाको जस्तो हुनेछ ।’ लेखिएको थियो ।
सोही पत्रलाई आधार मान्दै मुम्बईको बान्द्रा प्रहरीले यस विषयमा एफआईआर (प्रारम्भिक सूचना रिपोर्ट ) दर्ता गरेको छ । पत्रबारे अनुसन्धान भइरहेको पनि भारतीय प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्