Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


निजगढ विमानस्थलका विषयमा सर्वोच्चको फैसलाको पक्षमा काठमाडौंमा प्रदर्शन


1.1k
Shares

काठमाडाैं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशको पक्षमा काठमाडौंमा प्रदर्शन भएकाे छ ।

प्रभावित क्षेत्र टांगीयावासीले आज (शुक्रबार) काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्यालीसहितको प्रर्दशन गर्दै सर्वोच्च अदालतले दिएको सो फैसलाको पक्षमा ऐक्यवद्धता जनाएका हुन्। विनाविकल्प सो विमानस्थलको धावनमार्ग टांगीयाबस्तीमा बनाउने सरकारको निर्णयको विपक्षमा सर्वोच्च अदालतको आदेश आएकाले त्यसको कार्यान्वयनको माग गर्दै आफूहरुले ऐक्यवद्धता स्वरुप काठमाडौंमा शान्तिपूर्ण र्यालीसहितको प्रर्दशन सुरु गरिएको स्थानीय नवराज सञ्जेलले बताउनुभयो।

उहाँले तत्काल सो विमानस्थलका प्रभावित क्षेत्रका नागरिकलाई लालपूर्जासहितको जमिनको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभएकाे छ। स्थानीयले ५० वर्षदेखि त्यहाँ बसोबास गर्दै आएका स्थानीयलाई विस्थापित गराउने षड्यन्त्र राज्यबाट भईरहेको बताउदै आपत्ति जनाउदै आएका छन्।

प्रभावित क्षेत्रका बासीन्दालाई सो बस्तीको विकल्पमा लालपूर्जासहितको जमिन तत्काल उपलब्ध गराउनुपर्ने उनीहरुका मुख्य माग रहेका छन् ।