Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


इन्टरनेटको शुल्क घटाएको सञ्चारमन्त्री कार्कीको दावी


2.3k
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै नागरिकमा सूचना प्रविधिको पहुँच पुर्याउन सरकारले इन्टरनेटको शुल्क घटाएको दावी गर्नुभएको छ ।

आज (शुक्रबार) राजधानीमा सुरु भएको फोनपे डिजिटल इकोनमी कन्क्लेभ सन् २०२२ लाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । सूचना प्रविधिको प्रयोग बढाउने विषयलाई सरकारको उच्च प्राथमिकतामा राखेको उहाँले बताउनुभयो। सूचना प्रविधिको विकासबिना मुलुकको विकास सम्भव नहुने उहाँकाे तर्क छ।

सूचना प्रविधिमा समाजका सबै तप्कालाई सँगसँगै लिएर जानुपर्ने उहाँले बताउनुभयो। दुरदराजका क्षेत्रमा समेत सूचना प्रविधिको पहुँच पुर्याउन सरकारले सहयोग गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत इन्टरनेट सेवामा लाग्दै आएको दुरसञ्चार सेवा शुल्क ३ प्रतिशतले घटाएको छ ।