काठमाडौं, साउन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार संविधानको कार्यान्वयनप्रति प्रतिबद्ध रहेको बताएका छन् ।
राजधानीमा आयोजित नेपालको संविधान विषयक तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनको सोमबार समापन कार्यक्रममा उनले राजनीतिक स्थायित्व र मुलुकको समग्र आर्थिक विकास सरकारको मुख्य लक्ष्य रहेको बताए ।
उनले केन्द्र, प्रदेश र स्थायी तहबीच देखिएको समस्या पनि समाधान गर्ने बताए ।
सम्मेलनमा २८० जनाको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्