वालिङ नगर कार्यपालिकामा गठबन्धनका उम्मेदवार विजयी « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Thu Jun 30 2022


वालिङ नगर कार्यपालिकामा गठबन्धनका उम्मेदवार विजयी


507
Shares

स्याङ्जा । स्याङ्जाको वालिङ नगर कार्यपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सम्मिलित गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

नगर कार्यपालिकाको महिला, दलित वा अल्पसङ्सख्यक ८ सदस्यमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन टोली विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । दलित तथा अल्पसंख्यकमध्ये नेपाली कांग्रेसका लोक बहादुर कुमाल, हरिलाल बिक र नेकपा माओवादीका भक्त बहादुर गोतामे विजयी भएका छन् । महिला सदस्यमा नेपाली कांग्रेसकी जुनु थापा, देवीमाया बिक, भगवती पाण्डे, युगमाया पंगेनी र सिता बिक कार्यपालिका सदस्यमा विजयी भएका हुन् ।

स्थानीय तह निर्वाचनमा वालिङमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका थिए।