३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


कुवेत उडान काठमाडौं भन्दा भैरहवाबाट सस्तो


10.114k
Shares

भैरहवा । यही जेठ दुई गतेदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दोस्रो सातामै आशा गरे भन्दा बढी यात्रु पाएको छ ।

जजिराले काठमाडौंसँगै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गरिरहेकाे छ। यस विमान स्थलबाट तेस्रो मुलुकमा उडान गर्ने जजिरा पहिलो विमान सेवा कम्पनी हो । भैरहवा-कुवेत हवाई भाडा सस्तो पनि भएकाले अहिले यहाँबाट हामीले राम्रो संख्यामा यात्रु पाएका छौं ।” जजिरा एयरवेज नेपालका कन्ट्री म्यानेजर अमित नागरथले भने काठमाडौं-कुवेतको भन्दा भैरहवा कुवेतको हवाई भाडा निकै सस्तो छ ।

भैरहवा-कुवेत हवाई भाडा प्रतियात्रु करिब ८ हजार रुपैयाँको हाराहारीमा सस्तो रहेको नागरथले बताए । यहाँबाट कुवेत मात्र नभई कुवेत ट्रान्जिट हुँदै कतार लगायतका खाडीका अन्य देशसमेत जाने यात्रुहरू बढी रहेका छन् । अहिलेसम्म भैरहवा कुवेत ८ उडान भइसकेकोमा ३ उडानमा फुल बोर्डका साथै अन्यमा पनि ८० प्रतिशत भन्दा बढी यात्रु उडेका छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।