काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफल गर्दै सांसदहरूले वैदेशिक तथा आन्तरिक ऋणको हिस्सा र राजस्वको लक्ष्य ठूलो भएको गुनासो गरेका छन् ।
बैठकमा सत्ता पक्षका सांसदहरूले बजेटले ठूलो छलाङ मारेको दावी गरेका छन् भने प्रतिपक्षी दलका सांसदले बजेटमार्फत समृद्धि गर्न नसकिने बताएका छन् । संसदमा बजेट भएपछि त्यसको छलफल हुने चलन अन्तर्गत मंगलबार प्रतिनिधिसभामा बजेटले लिएको प्राथमिकता र कार्यक्रमको विषयमा छलफल गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक रहेको अवस्थामा आएको बजेटले त्यसलाई अवमूल्यन गरेको आरोप लगाए ।
बजेटको आकार निकै ठूलो रहेको बताउँदै उनले स्रोतको सामथ्र्य भन्दा बाहिर रहेको तर्क गरे ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्