Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


पौडेललाई रिजालको प्रश्न– तपाईँको घोषणापत्र किन लागू गर्ने ?


2.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्ष दलका नेता विष्णु पौडेललाई सरकार फेरिएको भन्ने कुरा बुझ्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफलमा सहभागी हुने क्रममा रिजालले यस्तो आग्रह गर्नुभएको हो ।

सामाजिक सुरक्षाभत्ता पाँँच हजार नपुर्‍याएकोमा पौडेलको असन्तुष्टिप्रति रिजालले भन्नुभयो, ‘तपाइँको पार्टीको घोषणापत्रको कार्यक्रम यो सरकारले किन लागु गर्ने ?’

पौडेलको उक्त प्रश्नको जवाफ दिँदै रिजालले भन्नुभयो, ‘७० वर्षबाट ६८ वर्ष भयो भन्नेमा चिन्ता व्यक्त गर्नुभयो । अनि ५ हजार किन भएन भन्नुभयो ? सरकार त फेरियो नि !’, उनले भने, ‘तपाईँहरूको घोषणाको कार्यक्रम अहिले कसरी आउँछ ? आएन स्वाभाविक छ, यति त सम्झिदिनुपर्‍यो भन्ने मेरो अनुरोध मात्र हो । कि त्यो पनि बिर्सनुभयो मैले सम्झाउनुपर्ने हो ?’

नेता रिजालले एमालेको भूमिका सत्तापक्षबाट प्रतिपक्षमा बदलिएको तर बजेटको प्राथमिकता भने नबदलिएको बताउनुभयो ।

आन्तरिक ऋण बढ्दै गएको कुरा सत्य भए पनि त्यो वर्तमान सरकारले सिर्जना नगरेको उहाँले प्रस्ट पार्नुभयो ।