Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


बेलायतमा कोरोनाका कारण पाल्पा घर भएका भूपू सैनिकको मृत्यु, मर्नेको संख्या १३ पुग्यो


0
Shares

काठमाडौं । कोरोनाबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको निधन भएको छ ।

लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो ।

स्वासप्रश्वासमा कठिनाइ देखिएपछि उनलाई गत मङ्गलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो । उनलाई भेन्टिलेटरमा राखी उपाचार गराइएको थियो ।

पाल्पा स्थायी घर भएका थापा पछि बुटबल बसाइँसराइ गरेका थिए । पहिलेदेखि पिसाबथैलीको र उच्चरक्तचाप समस्याको नियमित औषधि खाँदै आइरहेका थापालाई ज्वरोसमेत देखिएपछि अस्पताल भर्ना गरिएको पाल्पा जिल्ला समाजका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए । 

अध्यक्ष रेग्मीका अनुसार सन् २००९ देखि बेलायतमा श्रीमतीसहित बस्दै आएका थापाका जेठा सन्तान नेपालमै र कान्छा सन्तान बहराइनमा रहेकोे बताएका छन् ।

हालसम्म कोरोनाका कारण बेलायतमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । रासस