२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


संस्कृति अध्ययनलाई प्राथमिकतामा राख्न सुझाव


104
Shares

 ललितपुर । वाङ्मय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले ललितपुरका उपमेयरलाई संस्कृति अध्ययन कार्यलाई प्राथमिकतामा दिन आग्रह गर्नुभएको छ ।

ललितपुर महानगरपालिकाको उपमेयरमा निर्वाचित भएपछि भेट्न आएकी मञ्जली शाक्य (आस्था) लाई शुभकामना तथा आशीर्वाद दिँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।अहिले मूर्त र अमूर्त संस्कृति संरक्षणको बहस र संस्कृति निरन्तरताका लागि अक्षयकोष स्थापनामा मात्र सीमित भएको स्थितिमा अब महानगरपालिकाले संस्कृति संरक्षणको बहस चलाउँदै संस्कृतिसम्बन्धी अध्ययन गर्न युवापुस्तालाई प्रोत्साहित गर्नुपर्नेमा संस्कृतिविद् जोशीले जोड दिनुभएको थियो ।

उहाँले भन्नुभयो– ‘अमूर्त संस्कृतिको संरक्षणको लागि सोको महत्व, त्यसमा निहित दर्शन, संस्कृति, संस्कार र सिर्जनशीलतालाई बुझ्नुपर्दछ । अत विविध कोणबाट त्यसको अध्ययन र अनुसन्धान गर्ने कार्यलाई प्राथमिकतामा राखियोस् । त्यससम्बन्धी नीति र कार्यक्रमहरू ल्याइयोस् ।’

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।