Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


६ महिनामै तीन पटक फेरिए सचिव


1k
Shares

काठमाडौं । एउटा मन्त्रालयमा ६ महिनामै ३ पटकसम्म सचिव फेरिएका छन्। यसबाट स्थायी सरकार मानिएको प्रशासन संयन्त्र अस्थिर बनेको छ। खानेपानी मन्त्रालयमा ६ महिनामा ३ पटक सचिव फेरिएका छन्।

२०७८ असोज २२ गते उमाकान्त चौधरी खानेपानीमन्त्रीमा नियुक्ति भएयता उनले ३ पटक सचिव फेरिसकेका छन्। चौधरी खानेपानी मन्त्रीमा नियुक्त हुने बेला खानेपानी सचिव प्रमिलादेवी बज्राचार्य थिइन्। बज्राचार्यसँग काम गर्न मन्त्री चौधरीले असहज महसुस गरे।

उनको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले २०७८ माघ २७ को खानेपानीबाट वज्रचार्यको सरुवा गर्‍यो र बज्राचार्यको ठाउमा सुरेश आचार्यलाई लगियो। ब्रजाचार्यलाई खानेपानीबाट शिक्षा प्रविधि तथा विज्ञान मन्त्रालयमा पठाइयो। तर आचार्यले पनि लामो समयम्म काम गर्न पाएनन्। मन्त्रीचौधरी र आचार्यवीच पनि सम्बन्ध बिग्रियो। त्यसपछि आचार्यको पनि त्यहाँबाट सरुवा गरियो। २०७९ जेठ ९ गत बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्‍यो भने उनको ठाउँमा प्रधानमन्त्री कार्यालयमा कार्यरत मनिराम गेलाललाई ल्याइयो। गेलाल खानेपानीमा गएको एक हप्ता मात्र भएको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।