तनहुँ, वैशाख ४ । जिल्ला प्रशासन कार्यालय तनहुँले ‘लकडाउन’लाई प्रभावकारी बनाउन बिहीबारदेखि थप कडाइ गरेको छ ।
लकडाउनको समयमा पनि मानिसहरुको अधिकतम् भीड बढ्दै गएपछि प्रशासनले कडाइ गर्ने निर्णय गरेको हो ।
लकडाउनमा समेत मानिसहरु घरमै नबसी जथाभावीरुपमा बजारमा निस्कन थालेपछि प्रसाशनले बिहीबारदेखि सतर्कता बढाएको हो ।
प्रशासनले स्थानीयलाई सडकमा हिँड्डुल र आवत–जावत गर्न रोक लगाएको छ ।
त्यस्तै, दमौली बजार र आसपासमा प्रहरी गस्ती बढाइएको छ ।
अत्यावश्यकबाहेक अन्य कामको लागि बजार आएका मानिसहरुलाई भने प्रहरीले सोधपुछ गरी घर फर्काउने गरेको छ ।
स्थानीयलाई खाद्यान्नको अभाव हुन नदिन बिहान ७ देखि १० बजेसम्म तरकारी र खाद्यान्नको पसल भने खुला गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्