Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


भैरहवामा सेना परिचालन, सीमानाकामा पनि सुरक्षा गस्ती बढाइयो


0
Shares

रुपन्देही, वैशाख ४ । भैरहवामा ‘लकडाउन’ उल्लंघन गर्नेको संख्या बढेपछि नेपाली सेना परिचालन गरिएको छ ।

सरकारले घोषणा गरेको लकडाउनलाई अटेरी गरेपछि सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीको अनुरोध स्थानीय बासिन्दाले अटेर गर्दै लकडाउन उल्लंघन गरेपछि सेना परिचालन गरिएको हो ।

सेनाले सहरका मुख्य सडक र चोकमा गस्ती बढाएको छ ।

भैरहवाका बुद्धचोक, देवकोटाचोक, मिलनचोकलगायत क्षेत्रमा लकडाउनको समयमा पनि भीडभाड बढ्ने गरेको छ ।

नेपाल प्रहरीले माइकिङ गरेर पसल नखोल्न बारम्बार अनुरोध गर्दा पनि अटेर गरेपछि सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेना परिचालन गरिएको बताइएको छ ।

भारतीय बजार सुनौलीलगायत खुला सिमानाका कारण रुपन्देही कोरोनाभाइसरका कारण जोखिममा छ ।

भारतीय नागरिक पनि नेपाल प्रवेश गर्नसक्ने भन्दै सशस्त्र प्रहरी बलले सीमामा थप सुरक्षा गस्ती बढाएको छ ।

लकडाउन उल्लंघन गरी पसल खोल्ने तथा बिनाकाम सडकमा निस्कनेक्रम बढेपछि सेनालाई पनि गस्ती तथा चेकजाँचमा खटाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।