Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


आवेदन दिएको एक महिनामा लाइसेन्स दिइने, भौतिक मन्त्रालयलाई १ खर्ब ६१ अर्ब विनियोजन


650
Shares

काठमाडौं । सरकारले आवेदन दिएको एक महिनाभित्र सवारी चालक अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराउने भएको छ ।

संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अहिले भइरहेको प्रणालीलाई स्तरीय बनाएर आवेदन दिएको एक महिनाभित्र अनुमतिपत्र उपलब्ध गराउने बताउनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ६१ अर्ब ५६ करोड विनियोजन गरिएको छ ।