काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ८ सय किलोमिटर सडक निर्माण गर्ने भएको छ ।
संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले २ सय ५७ किलोमिटर सडक स्तरोन्नत्ति गरिने बताउनुभयो ।
पूर्वपश्चिम राजमार्ग स्तरोन्नत्तिका लागि ३० अर्ब विनियोजन गरेको सरकारले काठमाडौं–तराई द्रुतमार्गका लागि ३० अर्ब रुपैयाँ नै छुट्याएको छ ।
मदन भण्डारी राजमार्गको लागि २ अर्ब रुपैयाँ विनियोजन गरेको सरकारले कालीगण्डकी, कर्णाली र कोशी करिडोका लागि ४ अर्ब रुपैयाँ छुट्याइएको छ ।
कालोपत्रे बाँकी हुन जिल्ला सदरमुकाम पुग्ने सडकहरुलाई कालोपत्रे गर्नका लागि बजेट छुट्याइएको अर्थमन्त्री शर्माले बताउनुभयो ।
गल्छी–रसुवागढी सडकका लागि १ अर्ब ८५ करोड विनियोजन गरेको सरकारले कलंकी–महाराजगञ्ज सडक विस्तारका लागि १ अर्ब रुपैयाँ बजेट छुट्याएको छ ।
सुरुङमार्ग विकास अध्ययनका लागि १ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्