Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


सम्पर्क बिहीन विमानमा चालक दलका ३ सदस्य सहित २२ जना सवार(नाम सहित)


1.4k
Shares

काठमाडौं । कास्कीको पोखराबाट आज(आइतबार) बिहान मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ‘एईटी’ ट्विनअटर विमान सम्पर्क बिहीन भएको छ ।

आज बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको सो विमान सम्पर्क बिहीन भएको हो । बिहान १० बजेर २० मिनेटमा जोम सोम विमान स्थलमा अवतरण हुनुपर्ने विमान अहिलेसम्म सम्पर्कमा आएको छैन । विमान मुस्ताङको लेते पुगेर धौलागिरी तर्फ मोडिएपछि सम्पर्कबिहीन भएको पोखरा नागरिक उड्डयन कार्यालयले जनाएको छ । सम्पर्क बिहीन विमान खोज्न काठमाडौं र पोखराबाट हेलिकोप्टर परिचालन गरिएको छ । तर खराव मौसमका कारण खोजीकार्य प्रभावित भएको छ ।

विमानमा १३ जना नेपाली,४ जना भारतीय,२ जना अन्य विदेशी नागरिक र ३ जना चालक दलका सदस्य रहेका थिए । चालक दलका सदस्यहरुमा क्याप्टेन प्रभाकर घिमिरे, सहचालक उत्सव पोखरेल र विमान परिचारिका क्रिष्टी थापा छन् । त्यसैगरी अन्य यात्रुरुमा गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्यार्ट, बसन्त लामा, , अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार रहेका थिए ।