Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


सर्लाहीमा रासायनिक मलको अभाव


52
Shares

सर्लाही । सर्लाहीमा रासायनिक मल नपाएपछि किसानहरू मलखाद नहाली बर्खे बाली लगाउन बाध्य भएका छन्।

यो वर्ष समय अगाडी नै धेरै पानी परेका कारण खुशी भएका किसान मल नपाउदा भने निराश बनेका छन्। सरकारले पाँच सय मेट्रिक टन मल पठाएको भए पनि कृषि सामग्री कम्पनी लिमिटेड सर्लाहीले अहिलेसम्म वितरण गरेको छैन्।

सो कार्यालयका प्रमुख दीपक बर्मेलीले अब छिट्टै मल वितरणको सूचना निकाल्ने बताउनुभएको छ। उता, डिलरहरूले भने थोरै मात्रामा मल उपलब्ध गराउदा ढुवानी खर्च मात्रै बढ्ने बताएका छन्।

एक पटकमा कम्तीमा १ सय ५० बोरा मल ढुवानी गर्ने टेलरहरूलाई २५–३० बोरा मात्र मल दिने गरिएको छ ।