पाल्पा । सरकारले लकडाउन घोषणा गरेसँगै पाल्पामा दूध जन्य वस्तुको खपत ८० देखि ९० प्रतिशत कम भएको छ ।
जिल्लाको विभिन्न स्थानमा सञ्चालन हुँदै आएका दुई सय बढी पशु फार्मका कृषकहरुलाई व्यवसायिक रुपमा घाटा भएको छ ।
पाल्पाबाट दैनिक रुपमा ५० हजार लिटर भन्दा बढी दूध उत्पादन हुने गरेको छ । पाल्पामा उत्पादित दूध स्थानीय बजारदेखि पोखरासम्म खपत हुने गरेको व्यवसायीहरुले बताएका छन् ।
लकडाउनले गर्दा अहिले दैनिक रुपमा फर्ममा काम गर्र्ने कामदारुलाई समेत ज्याला दिन अफ्ठेरो भएको किसानहरुले गुनासो गरेका छन् ।
लकडाउन लम्बिँदै जाँदा पशुका लागि आवश्यक दाना तथा औषधिको समेत अभाव हुन थालेको छ ।
लकडाउन बढ्दै गए दूध फाल्ने अवस्था पुग्न सक्ने भन्दै किसान चिन्तित भएका छन् ।









प्रतिक्रिया दिनुहोस्