-भोला लामिछाने(जिएनएनएन)
स्पेन । गएको चार दिनमा स्पेनमा ८७ जना नेपालीले खाद्यन्न राहत पाएसँगै यहाँ पीडामा परेका नेपाली समुदायको मुहारमा खुसी छाएको छ ।
कोरोना महामारीबाट विश्व प्रभावित बनेका बेला स्पेन पनि अछुतो रहेन । स्पेनमा लकडाउनसँगै यहाँका नेपालीहरु पनि घरभित्रै बस्न बाध्य बने ।
तर केही मनकारीहरुका कारण उनीहरुले आफ्नो पीडा भुलका छन् । महिना दिनदेखि घरभित्रै रहेका पीडित नेपालीहरुलाई केही मनकारीहरुले खुशी दिएका छन् । ती समाजसेवीहरु राहत बोकेर घरमै आउँदा धेरै नेपालीहरुको मुहार परफुल्ल बनेको छ ।
एनआरएनए(वान एनसीसी वान) प्रोजेक्टद्वारा स्पेनका कोरोना पीडितलाई पाँचसय यूरो बराबरको खाद्यन्न चामल सहयोग गरेको छ ।
त्यस्तै यूरोपको जर्मनीबाट दिलु गुरुङले ६ सय यूरो खाद्यन्न सहयोग गरेकी छन । त्यस्तै बेलायतबाट कुल आचार्यद्वारा पाँच सय यूरो बराबरको खाद्यन्न राहत प्रदान गरे ।
बेल्जियमको लुभेनमा बसोबास गर्दै आएका लोक बहादुर राना मगरको १ सय ५५ यूरो वराबरको खाद्यन्न सहयोग गरे ।
स्पेनकै सुबु शाहीले ५० यूरो बराबरको खाद्यन्न सहयोगसँगै सबै प्रभावितहरु खुशी भएका छन् ।
८७ जनाले १५ किलो चामलका दरले सुपर वास्मती चामल राहत पाएका हुन् ।
दाताहरु बार्सिलोनामा आफैं खटिएर राहत वितरण समेत गरिएको प्रोजेक्ट संयोजक सन्त बहादुर क्षेत्रीले बताए । उनले विस्तारै अन्य देशमा पनि सहयोग विस्तार गर्ने बताए ।
लकडाउनको अवस्थामा राहत वितरणमा निकै कठिनाई आएपनी संयमित भएर स्पेन प्रहरीको अनुमतिमा प्रभावितहरुको हातैमा राहत बितरण गरेको उनले बताए ।
सूचनाको आधारमा वास्तविक पीडितहरुको पहिचान गरी राहत वितरण गरिएको एनसीसी प्रोजेक्ट सदस्य सुन्दरी लामाले बताइन । उता, बिल्बाउमा हालसम्म कोरोना पीडित कोही पनि नभएको गंगाराम सापकोटाले बताए ।









प्रतिक्रिया दिनुहोस्