सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध


494
Shares

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड पहिराले अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ नाम्दीखोला नजिकै शनिबार साँझ ५ः३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरामा परी एक जना घाइते भएका छन् । बोलेरोमा सवार एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ । पहिरो पन्छाउने काम सुरु भएको र केही समयपछि सडक नियमित गर्ने प्रहरीको भनाइ छ ।