साइकल र विद्युतीय सवारी प्रयोगमा मन्त्री भुसालको जोड « Imagekhabar – Online News Portal of Nepal
१३ असार २०७९, सोमबार | Tue Jun 28 2022


साइकल र विद्युतीय सवारी प्रयोगमा मन्त्री भुसालको जोड

‘महिनावारीको समयमा महिलालाई हेप्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ’

104
Shares

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको आयात कम गर्न साइकल र विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।

शनिबार महिनावारी स्वच्छता दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले पट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको प्रयोगलाई कम गर्न साइलि उपर्युक्त विकल्प भएको बताउनुभयो ।

मन्त्री भुसालले साइकल र विद्युतीय सवारीसाधनको प्रयोगले वावरणलाई स्वच्छ बनाउने र भोग्नुपरेको वातावरणीय समस्या समाधान हुने पनि बताउनुभयो ।

मन्त्री भुसालले महिनावारी हुँदा महिलालाई हेप्ने समाजको दृष्टिकोणलाई परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले महिनावारी हुनुलाई पापको रुपमा नलिइ गर्वको विषय बनाउन सोच परिवर्तनको आवश्यकता रहेको बताउनुभयो ।

मन्त्री भुसालले स्यानिटरी प्याडको निःशुल्क वितरणसँगै विद्यार्थीहरू अध्ययनबाट वञ्चित हुन नपरेको दाबी गर्नुभयो । शहरमै पनि महिला महिनावारी हुँदा विभिन्न समस्या भोगिरहनुपरेको भन्दै यसविरुद्ध सचेतनामुलक कार्यक्रम गर्नमा जोड दिनुभयो ।

महिनावारी स्वच्छता दिवसको अवसरमा शनिबार काठमाडौंको वसन्तपुरदेखि ललितपुरको मंगलबजारसम्म वृहत र्‍यालीसमेत भएको थियो ।