आँधीखोला गाँउपालिकाका अध्यक्ष पौडेलले सार्वजनिक गरे सम्पत्ति विवरण « Imagekhabar – Online News Portal of Nepal
१३ असार २०७९, सोमबार | Tue Jun 28 2022


आँधीखोला गाँउपालिकाका अध्यक्ष पौडेलले सार्वजनिक गरे सम्पत्ति विवरण


741
Shares

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाँउपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । अध्यक्ष पौडेलले पदस्थापन लगत्तै सामाजिक सञ्जालमार्फत सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो ।

निर्वाचित भएलगत्तै सम्पत्ति विवरण सार्वजनिक गर्ने पौडेल जिल्लामै पहिलो जननिर्वाचित जनप्रतिनिधि हुनुहुन्छ ।

अध्यक्ष पौडेलको नाममा गाउँपालिकाको वडा नं. ३ मा फरक फरक कित्तामा झण्डै ११ रोपनी जग्गा र ढुङ्गाको छानो भएको एक कच्चि घर र गोठ रहेको छ । उहाँले सार्वजनिक गरेको सम्पत्ति विवरणमा एक थान मोटरसाइकल र बैंक तथा सहकारीमा गरी नगद ४६ हजार ५ सय ५० रुपैयाँ नगद रहेको उल्लेख गर्नु भएको छ ।

उहाँले सार्वजनिक गरेको विवरणमा जिल्लामा संचालित माछापुच्छ्रे पोल्ट्रि लाईभस्टोकमा १२ हजार ५ सय र विभिन्न बैंक तथा सहकारीमा ३ हजार ५ सय कित्ता शेयर रहेको छ ।

यस्तै, उहाँको श्रीमती संगिता शर्मा पोख्रेलको नाममा करिब साढे ४ तोला सुन तथा पुतलीबजार नगरपालिका १ मा दुई तले पक्कि घर रहेको सार्वजनिक विवरणमा उल्लेख गरिएको छ ।