२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


संविधान उल्ट्याउन र मिच्‍न चाहने तत्वलाई जनताले गतिलो जवाफ दिएका छन् : प्रचण्ड


325
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान उल्ट्याउन र मिच्‍न चाहने तत्वलाई स्थानीय तहको निर्वाचनले गतिलो जवाफ दिएको बताउनुभएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफलको क्रममा बोल्दै उहाँले संविधान उल्ट्याउन र मिच्‍न चाहने तत्वलाई राम्रो सन्देश दिएको बताउनुभएको हो ।

निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रको प्रक्रियामा संविधानलाई ट्रयाकमा राखेर गतिशील बनाउने कोशेढुंगा भएकाे उहाँले बताउनुभएकाे हो । स्थानीय निर्वाचनले बलियो सन्देश दिएको ती सबै तत्वलाई संविधानलाई मिच्न चाहने, संविधान उल्ट्याउन खोज्नेलाई जनताले राम्रो जवाफ दिएको छ ।’

उहाँले स्थानीय तह निर्वाचनमा कमीकमजोरी भएका छन् भने समीक्षा गर्नुपर्ने तर प्रतिपक्षी दलका नेताले भनेजस्तो धाँधली नभएको बताउनुभएकाे हाे ।