वीरगन्ज, वैशाख ३ । वीरगन्जको छपकैयामा कोरोनाभाइरसको तीनजना भारतीय संक्रमित भेटिएपछि स्थानीयले गाउँ प्रवेशमा कडाइ गरेका छन् ।
कोरोनाको संक्रमणको डरले स्थानीयहरुले गाउँ छिर्ने बाटोमा बाँसको बार लगाइ टोलमा प्रवेश निषेध गरेका हुन् ।
स्थानीयहरुले बाटोमै प्रवेश निषेधको सूचनासमेत टाँसेका छन् ।
त्यस्तै, कोरोनाको संक्रमितहरु भेटिएपछि छपकैयालाई स्थानीय प्रशासनले ‘सिल’ गरेको कारण आमजनजीवन प्रभावित भएको छ ।
दैनिक उपभोग्य सामग्रीको कमीले दैनिकी कठिन भएको स्थानीयहरुले गुनासो गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्