उपसमितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन उद्योग समितिको निर्देशन « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


उपसमितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन उद्योग समितिको निर्देशन


0
Shares

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समिति अन्र्तगतका उपसमितिहरुलाई १० दिन भित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

समितिको शुक्रबार बसेको बैठकले समितिको वार्षिक प्रतिवेदन संसदमा बुझाउनुपर्ने भएकाले विभिन्न उपसमितिहरुले समितिलाई बुझाउनुपर्ने प्रतिवेदन १० दिनभित्र बुझाउन निर्देशन दिएको हो ।

उपसमितिहरुले समितिलाई प्रतिवेदन बुझाइसकेपछि समितिको वार्षिक प्रतिवेदन संसदमा पेश गरिने निर्णय गरिएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बमल प्रसाद श्रीवास्तवले बताउनुभयो ।

समितिले विभिन्न मन्त्रालयहरुका विषयमा समितिमा परेको निवेदन अनुसार आवश्यक कारबाहीका लागि संसदको बजेट सेसन सकिएपछि सम्बन्धित मन्त्रालयहरुमा पठाउने र सम्बन्धित मन्त्री, सचिव तथा आवश्यक पदाधिकारीलाई समितिमा बोलाएर छलफल गर्ने पनि निर्णय गरेको छ ।