Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


धरानमा महिला हिंसा विरुद्ध प्रदर्शन


130
Shares

सुनसरी । सुनसरीको धरानमा महिला हिंसा विरुद्ध प्रदर्शन गरिएको छ । शुक्रबार धरानका सबै कलेजमा अध्ययनरत विद्यार्थीहरुले र्‍याली निकालेर प्रदर्शन गरेका छन् ।

धरानको महेन्द्र क्याम्पस, पब्लिक माध्यमिक विद्यालय, धरान सिटी कलेज, धरान मेघा कलेज, धरान मोडल कलेज, शारदा बालिका माध्यमिक विद्यालय, धरान उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विरोध र्‍याली निकालेर धरानमा विरोध प्रदर्शन गरेका हुन् ।

विभिन्न प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले बलात्कारीलाई फाँसी दे, महिला पुरुष समान हुन्, महिलाको सुरक्षाको ग्यारेन्टी गर भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

पब्लिक उच्च माध्यमिक विद्यालयका छात्राहरुले देशभरका विद्यालयका छात्रा तथा महिला बलात्कारको शिकार भइरहँदासमेत महिला अधिकारकर्मीहरुको भुमिका राम्रो नभएको आरोप लगाएका छन् ।