Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


खल्तीको सबैभन्दा ठूलो भुक्तानी जात्रा सुरु; १ करोडभन्दा बढीको अतिरिक्त उपहार


260
Shares

काठमाडौ । ‘खल्ती’ डिजिटल वालेटले आफ्ना प्रयोगकर्ताहरूका लागी ‘ द बिग पेमेन्ट–जात्रा’ को रूपमा नयाँ आकर्षक उपहार योजना ल्याएको छ ।

यो योजना अन्तर्गत खल्तीबाट एक महिनामा कम्तिमा ३ वटा भुक्तानी गर्ने प्रयोगकर्ताले पल्सर एनएस १६० एबीएस सहित धेरै आकर्षक उपहार र १ करोड बराबरको अफर जित्न सक्नेछन् । खल्तीले ३ वटा बजाज पल्सर एनएस १६० एबीएस मोटरसाइकल , १४ वटा स्मार्टफोन, ७ वटा स्मार्ट टिभी, ५२ वटा स्मार्टब्यान्ड र अन्य धेरै उपहारहरु दिइरहेको छ । साथै यो ५२ दिने योजनामा प्रयोगकर्ताले सेल्फ–टपअपमा १० प्रतिशत क्यासब्याक, मेरो शेयर र डिम्याट नवीकरणमा १० प्रतिशत क्यासब्याक, दैनिक हवाई उडान टिकट १ स्पैयाँमा पनि प्राप्त गर्नेछन् ।

यो अफरमा दैनिक हवाई टिकट बुक गर्दा १ रुपैयाँमा हवाई टिकट, बीमा भुक्तानीमा स्मार्टब्यान्ड, अनि साप्ताहिक रुपमा वल्र्डलिङ्क भुक्तानीमा स्मार्ट टिभी र कुनै पनि भुक्तानीमा स्मार्टफोन जित्न सकिने छ ।

जेठ १७ गतेदेखि असार ३२ गतेसम्म ४७ दिनसम्म जारी रहने गरि टिभी, इन्टरनेट, फ्लाइट, जीवन बीमा, मुभि टिकट, बिजुली, ल्यान्डलाइन, एन्टिभाइरसको आदिको भुक्तानीमा ५० प्रतिशत सम्म क्यासब्याक पाइने नेपालकै सबैभन्दा सबैभन्दा लामो फायर–सेल हुने भएको छ ।यस अफरमा सहभागी हुन प्रयोगकर्ताले केवाईसी प्रमाणीकरण अनिवार्य गर्नुपर्नेछ ।

महाअभियानको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यो योजनाले डिजिटल भुक्तानीलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।