Logo ११ माघ २०८२, आइतबार | Mon Jan 26 2026


भारतीय ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु


299
Shares

काठमाडौं । बाँकेको कोहलपुरस्थित साझा चोकमा भारतीय ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा बुधबार एक जनाको मृत्यु भएको छ ।

नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको तीब्र गतिमा रहेको युपी ३२ टिएन ४३४४ नम्बरको भारतीय ट्रकले सोही दिशातर्फ जाँदै गरेको भे१च ४९४१ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा कोहलपुर–१३ का अटो चालक २९ वर्षीय रामसेवक थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा थारुको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।