Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


बागलुङमा चट्याङ लागेर १४ जना घाइते


0
Shares

बागलुङ । जिल्लामा पछिल्लो केही दिनयता चट्याङ लागेर घाइते हुनेको संख्या बढेको छ ।

हिजो मात्रै जिल्लाका विभिन्न स्थानमा परेको चट्याङ लागेर ६ जना घाईते भएका छन् ।

उनीहरुको धौलागिरी अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।

सोमबार साँझ पनि काठेखोला गाउंपालिका–७ रेशमा चट्याङ लागेर ३ जना गम्भीर घाइते भएका थिए ।

यस्तै गत बिहिबार चट्याङ लागेर १ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए ।

यस वर्ष चट्याङ लागेर घाइते हुनेको संख्या १४ पुगेको छ ।