अबको काम महानगरवासीमा समर्पित : चिरिबाबु महर्जन « Imagekhabar – Online News Portal of Nepal
१७ असार २०७९, शुक्रबार | Fri Jul 1 2022


अबको काम महानगरवासीमा समर्पित : चिरिबाबु महर्जन


156
Shares

काठमाडौं । ललितपुर महानरपालिकाको मेयरमा विजयी चिरिबाबु महर्जनले शपथ ग्रहण गर्नुभएको छ ।

बुधबार मेयरमा निर्वाचित महर्जन र उपमेयरमा निर्वाचित मञ्जली शाक्यले शपथ ग्रहण गर्दै अबको काम महानगरवासीमा समर्पित हुने बताउनुभयो ।

मेयरमा महर्जनको यो दोस्रो कार्यकाल हो । महानगरका समस्या समाधानका लागि आफु तत्पर रहने उहाँले बताउनुभयो । निर्वाचन अघिसम्म पार्टीका कुरा गरेपनि अब जनताका समस्या समाधान गर्ने उहाँले उद्घोष गर्नुभयो ।

सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता महर्जन ललितपुर महानगरको मेयरमा विजयी हुनुभएको हो । मेयर महर्जनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १६२ मतान्तरले पराजित गर्नुभएको हो । उहाँले ४२ हजार ७२२ मत प्राप्त गर्नुभएको थियो ।