Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


पूर्वी पहाडी जिल्लाहरुमा पेट्रोलियम पदार्थको अभाव


0
Shares

पाँचथर । पूर्वी पहाडी जिल्लाहरुमा पेट्रोलियम पदार्थको अभाव भएको छ ।

लकडाउनका कारण आपूर्ति व्यवस्था सहज नहुँदा एक साता यता पेट्रोलियम पदार्थको अभाव भएको पेट्रोल पम्प संचालकहरुले बताएका छन् ।

आयल निगमको प्रदेश कार्यालय विराटनगरले इन्धन उपलब्ध नगराएको तथा लकडाउनका कारण ट्ंयाकर चालकहरुले भारतबाट पेट्रोलियम पदार्थ ल्याउन सकेका छैनन् ।

कालोबजारी गर्नेहरुले भने चर्को मूल्यमा बिक्रि गरिरहेको उपभोक्ताको गुनासो छ ।