धनकुटामा गाँजासहित दुई जना पक्राउ « Imagekhabar – Online News Portal of Nepal
२३ असार २०७९, बिहीबार | Thu Jul 7 2022


धनकुटामा गाँजासहित दुई जना पक्राउ


130
Shares

धनकुटा । धनकुटामा लागु औषध गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारमा तेह्रथुमको शुक्रबारेबाट धरान तर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको बसलाई चेक जाँच गर्ने क्रममा गाँजासहित जुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

धनकुटा नगरपालिका १ बस्ने १८ वर्षिय अनुप गरुङ्ग र सोही स्थान बस्ने वर्ष २२ का मिसेक राईले बोकेको झोलाबाट अन्दाजी ७५० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको र थप अनुसन्धानका लागि प्रहरी कार्यलय धनकुटा ल्याइएको प्रहरीले जनाएको छ ।