
काठमाडौं । नीजि क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी मध्येको एक भायानेट कम्युनिकेसन प्रालिले आफ्ना विद्यमान अल्ट्रा–फाई लाईनका प्रोडक्टहरुमा परिमार्जन ल्याएको छ ।
आफ्ना ग्राहकहरूको बढ्दो आवश्यकतालाई हेरेर उच्च गति र उच्च–गुणस्तरको इन्टरनेट सेवाहरू प्रदान गर्ने उद्देश्यले जारी गरिएका अल्ट्रा–फाई लाइनअपहरू अब अझै आकर्षक मूल्यमा ल्याइएको कम्पनीले जनाएको छ ।भायानेटका ग्राहकहरूले अब २ सय एमबीपीएसको इन्टरनेट प्याकेजको वार्षिक सदस्यता ९९९ स्पैयाँ प्रति महिनाको मूल्यमा पाउनेछन ्। १७५ प्लस लाइभ टिभी च्यानलहरूको फाइदा लिन चाहने ग्राहकहरूले सोही योजनाको भायाटिभी सहितको बन्डल पनि १ हजार १ सय प्रति महिनाको वार्षिक सदस्यतामा लिन सक्नेछन। यी दुवै योजनाहरूमा ५ सय स्पैयाँ मात्र थपी डुअल ब्याण्ड राउटर, निःशुल्क जडान र प्रथम सेट टप बक्स प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
यो प्याकेज मार्फत भायानेटले बिनाटिभी उच्च गुणस्तरको इन्टरनेट खोज्ने र आफ्नो इन्टरनेटको साथमा अत्याधुनिक आइपिटिभी सेवा चाहने दुवै वर्गका ग्राहकहरूको आवश्यकता पुरा गर्ने लक्ष्य राखेको छ ।
त्यस्तै अझ बढी स्पिड र थप टिभी सब्स्क्रिब्सन लिन चाहने ग्राहकहरूका लागि भने कम्पनीले दुई ओटा भायाटिभी सहित २५० एमबीपीएस र तिन ओटा भायाटिभी सहित ३ सय एमबीपीएस वार्षिक सदस्यता क्रमश १ हजार २५० प्रति महिना र १ हजार ५०० प्रति महिनाको आकर्षक मूल्यमा पाउने ब्यवस्था गरेको छ ।
कम्पनीले आफ्ना विद्यमान अल्ट्रा–फाइ ग्राहकहरूको अल्ट्रा–फाइ योजनाहरूमा पनि कम्पनीको पोलिसी अनुसार अपग्रेड गरिसकेको बताएको छ ।
यी परिमार्जनहरूसँगै भायानेटले अल्ट्रा–फाइलाई बजारमा उपलब्ध सबैभन्दा आकर्षक इन्टरनेट योजनाहरूमध्ये एक बनाउने लक्ष्य राखेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्