काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि स्वदेशी वस्तु उत्पादन प्रवद्र्धन कार्यक्रमलाई सशक्त रुपमा अघि बढाउने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्मा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वदेशी उतपादन अभिवृद्धिलाई प्रथमिकता दिइएको छ । नीति तथा कार्यक्रममा ‘नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक’को घोषणा पनि गरिएको छ ।
“नेपाली उद्योग नेपालमै रोजगार आफ्नो उत्पादन आफ्नै व्यापार भन्ने नाराका साथ नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक प्रारम्भ गरिनेछ” राष्ट्रपति भण्डारीले भनिन् ,यो अभियानलाई सफलतापूर्वक सञ्चालन गर्न प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ।










प्रतिक्रिया दिनुहोस्