कृषि, यातायात, सूचना प्रविधिमा जोड दिइएको नीति « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


कृषि, यातायात, सूचना प्रविधिमा जोड दिइएको नीति


65
Shares

काठमाडौं । झट्ट हेर्दा बजेट भाषण जस्तो सुनिनेगरी सरकारले महत्वाकांक्षी कार्यक्रमका साथ सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । कृषि, यातायात, सूचना प्रविधि, उद्योगलगायतका क्षेत्रलाई आर्थिक संवाहकका रूपमा अगाडि बढाइ आर्थिक पुनरुउत्थानका कार्यक्रम ल्याउने, सडक, पुल बनाउनेजस्ता बजेट बक्तव्यमा सुनिने शव्दहरूका साथ सरकारले मंगलबार नीति तथा कार्यक्रम ल्याएको हो । संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले ६५ पृष्ठ लामो नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।सरकारले कृषि क्षेत्रको विकास, समस्यामा परेको अर्थतन्त्रको उन्नयन र भौतिक पूर्वाधारलाई विस्तार गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक मनाउने, कृषिमा आत्मनिर्भर बनाउने, घरजग्गा कारोबारलाई कडाइ गर्ने, पुँजीगत खर्च गर्न छुट्टै नीति लिने घोषणा सरकारले नीति तथा कार्यक्रममार्फत गरेको छ । आगामी वर्ष नयाँ ८ सय किलोमिटर सडक निर्माण र २ सय ५७ किलोमिटर सडक स्तरोन्नति गरिने घोषणा नीति तथा कार्यक्रममा नै गरिएको छ । राष्ट्रिय गौरवका कालिगण्डी, कोसी र कर्णाली कोरिडोर सडकको निर्माण कार्यलाई निरन्तर दिइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारले आन्तरिक उत्पादन वृद्धि तथा औद्योगिकीकरणका लागि गुणस्तरीय पूर्वाधार निर्माण, लगानी प्रवद्र्धन, व्यावसायिक वातावरण निर्माण एवं सहजीकरण गर्न नीतिगत कानुनी, प्रणालीगत सुधार गर्ने लक्ष्य नीति तथा कार्यक्रममार्फत लिएको छ । ठूला तथा रणनीतिक महत्वका पूर्वाधार निर्माण तथा औद्योगिक विकासका लागि सार्वजनिक निजी साझेदारीका अन्य उपयुक्त लगानी र निर्माण ढाँचा कार्यान्वयनमा ल्याउने सरकारको लक्ष्य छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।