श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदुतको नाम अनुमोदन « Imagekhabar – Online News Portal of Nepal
२३ असार २०७९, बिहीबार | Thu Jul 7 2022


श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदुतको नाम अनुमोदन


65
Shares

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रस्तावित राजदुतहरुकोे नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।

मंगलबार बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदुत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदुत प्रा.डा. रामस्वार्थ रायको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित राजदुतद्वय मिश्र र रायविरुद्ध परेको उजुरी औचित्यहीन भएकोले समितिले सर्वसम्मत राजदुतको नाम अनुमोदन गरेको बताउनु भयो ।

समितिले यसअघिनै विभिन्न १८ देशका लागि सरकारद्वारा प्रस्तावित राजदुतहरुको नाम अनुमोदन गरिसकेको छ ।

सरकारले श्रीलंका र डेनमार्कका राजदुतको लागि प्रस्ताव गरेका राय र मिश्रबिरुद्ध भने उजुरी परेकोले अनुमोदन हुन बाँकी थियो ।