Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


पोखरा महानगरको दुई वडामा पुनः मत गणना गर्न एमालेको माग


442
Shares

काठमाडौं । नेकपा एमालेले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मत गणना गर्न माग गरेको छ ।

वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको हो। प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको हस्ताक्षरमा पुनः मतगणनाका लागि निवेदन दिइएको नेकपा एमाले महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिनुभयो।

वडा नम्बर १८ को नतिजा मंगलबार र ३१ नम्बर वडाको नतिजा सोमबार आएको थियो। दुवै वडामा नेकपा एमालेका उम्मेदवार पराजित भएका छन् ।

वडा नम्बर ३१ मा १ सय ६१ मत अन्तरले नेपाली कांग्रेसका ढकनाथ कँडेल र वडा नम्बर १८ मा ३ मत अन्तरले नेपाली कांग्रेसकै शिवप्रसाद तिमिल्सिना विजयी हुनुभएको थियो ।