अर्घाखाँचीमा ४ किलो अवैध गाँजा सहित एक पक्राउ « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


अर्घाखाँचीमा ४ किलो अवैध गाँजा सहित एक पक्राउ


403
Shares

अर्घाखाँची । अर्घाखाँचीमा प्रहरीले ४ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको पाणिनी गाउँपालिका–२ निगालीबाट अवैध गाँजा सहित गुल्मी मदानेका सन्तोष चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

बसमा राखि बुटवल लैजादै गरेको ४ किलो गाँजा सहित चन्दलाई विशेष सुचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मर बहादुर थापाले जानकारी दिनुभयो ।

गाँजा र चन्दलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको समेत बताइएको छ ।