सिराहामा ट्याक्टरबाट खसेर किशोरको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
११ असार २०७९, शनिबार | Sat Jun 25 2022


सिराहामा ट्याक्टरबाट खसेर किशोरको मृत्यु


65
Shares

काठमाडौं । सिराहाको गोलबजार नगरपालिका–६ लभटोलीमा सोमबार साँझ ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ ।

प्रदेश २–०१–००१–त ०६७५ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय १६ वर्षीय रामरिजन सदायको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा गोलबजारस्थित लौङ लाईफ अस्पतालमा मृत्यु भएको हो ।

ट्याक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएको छ ।