Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


आयात प्रतिस्थापना गर्न सात क्षेत्रमा विशेष जोड


637
Shares

काठमाडौं । नेपाली कांग्रेसले आयात प्रतिस्थापन गर्न सात क्षेत्रलाई विशेष जोड दिने बताएको छ ।

सरकारले आगामी आर्थिक वर्षकाे बजेटमा आयात प्रतिस्थापन गर्न विभिन्न क्षेत्रमा विशेष कार्यक्रम लागू गर्ने तयारी गर्दै गर्दा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नेत्तृवमा नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत यस विषयमा सुझाव पेश गरेको छ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णीम वाग्लेको पुस्तक “अतृप्त अवसर” को लोकार्पण तथा समसामयिक अर्थ राजनीतिक विमर्शमा बोल्दै महामन्त्री थापाले अर्थ मन्त्रालयले नेपाली कांग्रेसको सुझाव बजेटका समावेश गर्ने पनि बताए ।

उनले निश्चित वस्तुहरूको आन्तरिक उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न तत्काल सकिने भन्दै नेपालमा लगानीका क्षेत्र पहिचान गरेर आन्तरिक तथा वैदेशिक लगानीलाई त्यसतर्फ प्रोत्साहन गरी उत्पादन बढाउने योजना बजेटमा ल्याएर कार्यान्वयन गर्न सकिने धारणा राखे ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Skip This