
एजेन्सी । बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘कभी ईद कभी दिवाली’ को सुटिङ भइरहेको अवस्थामा उनका ज्वाँई भने उक्त फिल्मबाट बाहिरिएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार सलमानका बहिनी ज्वाँर्ई आयुष शर्मा फिल्मबाट बाहिरिएका हुन् ।फिल्मको निर्माता पक्षसँग मतभेदका कारण आयुष फिल्मबाट बाहिरिएका हुन् । आयुषसँगै अर्का नायक जहिर इकबाल पनि फिल्मबाट बाहिरिने भएका छन् ।
सलमान र आयुष यस अघिको फिल्म ‘अन्तिम द फाइनल ट्रुथ’ मा एकैसाथ देखिएका थिए । सलमान र आयुष ‘कभी ईद कभी दिवाली’ मा दोस्रो पटक एकैसाथ काम गर्न लागेका थिए । तर, फिल्मको टिमसँग रचनात्मक मतभेदका कारण आयुष फिल्मबाट बाहिरिए । आयुषले फिल्मको एक दिनको सुटिङ पनि पूरा गरेका थिए ।
रिपोर्टका अनुसार अब फिल्म निर्माताहरुले जहिर इकवालको ठाँउमा अभिमन्यु दासानीलाई र आयुष शर्माको ठाँउमा जावेद जाफरीका छोरा मिजन जाफरीलाई प्रस्ताव गरेका छन् । तथापि जहिरले यस फिल्ममा आफ्नो रोल र दोब्बर भुक्तानीलाई कुरा उठाएका थिएनन् । तर पनि उनको स्थानमा मिजन आउन लागेका हुन् ।
यो फिल्ममा सलमान खान, पूजा हेगडे, राघव जुयाल र तेलगु कलाकार दग्गुबाती मुख्य भूमिकामा रहेका छन् । फरहाद साजमीको निर्देशनमा बन्न लागेको यस फिल्मलाई आगामी ३१ डिसेम्बरमा रिजिज गरिने छ ।
प्रतिक्रिया दिनुहोस्