१० जेष्ठ २०८२, शनिबार | Sun May 25 2025


कञ्चनपुरको कृष्णपुर नगरपालिकामा कांग्रेस विजयी


247
Shares

काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनु भएको छ ।

कृष्णपुरको मेयरमा कांग्रेसका उम्मेदवार हेमराज ओझाले १० हजार ३३४ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जोगराज चौधरीले ८ हजार २ सय मत प्राप्त गर्नु भएको छ ।

यसैगरी, उपमेयरमा द्रोपति रानाले ९ हजार ६७५ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार रमिता राना बडायकले ७ हजार ३१६ मत प्राप्त गर्नुभएको छ ।