‘गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ स्थापना « Imagekhabar – Online News Portal of Nepal
२३ असार २०७९, बिहीबार | Thu Jul 7 2022


‘गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ स्थापना


156
Shares

काठमाडौं । प्रसिद्ध गायक स्वर्गीय प्रेमध्वज प्रधानका नाममा प्रतिष्ठान स्थापना गरिएको छ ।

शनिबार एक औपचारिक कार्यक्रमबीच गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानको उद्घाटन गरिएको हो । नेपालको सांगीतिक क्षेत्रमा उहाँले गर्नुभएको अमूल्य योगदानलाई स्मरण गराउने लक्ष्यका साथ प्रतिष्ठान गठन गरिएको हो ।

प्रतिष्ठानको संरक्षक एवं अध्यक्ष किरण प्रधान रहनुभएको छ । प्रतिष्ठानलाई प्रधानको जीवनी, सांगीतिक यात्रा, संघर्ष एवं योगदान आदिका बारे बृहत् स्रोत केन्द्रका रूपमा अगाडि बढाइने भएको छ ।

प्रधानको सम्झनामा विभिन्न रचनात्मक कार्य गर्नुका साथै नेपालको सांगीतिक क्षेत्रका अमूल्य योगदान गर्नुभएका कलाकारलाई सम्मान एवं पुरस्कृत गर्ने प्रतिष्ठानको उद्देश्य रहेको अध्यक्ष किरण प्रधानले बताउनुभयो ।

उहाँका अनुसार प्रतिभाशाली कलाकारलाई सांगीतिक लक्ष्यमा पुग्न सहयोग गर्ने पनि प्रतिष्ठानको उद्देश्य रहेको बताइएको हो ।

प्रतिष्ठानले वार्षिक वा दुई वर्षमा नेपाली संगीत क्षेत्रमा समर्पित कलाकारलाई गोल्डन भ्वाइस प्रेमध्वज प्रधान संगीत सम्मान प्रदान गर्ने भएको छ ।