काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले नववर्ष २०७७को अवसरमा विश्वभर रहेका नेपालीहरुलाई कोरोना भाईरससँग लड्न सक्ने क्षमता र आत्मबल बढोस भन्ने शुभकामना ब्यक्त गरेका छन ।
सोमबार एक शुभकामना सन्देशसहितको पत्रमार्फत डा. कोइरालाले आफ्ना कार्यकर्ता तथा शुभेच्छुकहरुलाई आफु सुरक्षित हुॅदै आफु नजिक रहेका नेपालीहरुलाई भरपुर सहयोग गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, अहिलेको यो संवेदनसील समयलाई मध्यनजर गर्दै पार्टीका स्थानीय, प्रदेश, क्षेत्र र जिल्लाको बिभिन्न तहमा बसेर काम गरिरहनुभएका साथीहरु र भात्रृ शुभेच्छुक संस्थाका साथीहरुलाई आफु सुरक्षित हुॅदै सर्वसाधारण जनतालाई राहत बितरण तथा सचेतना कार्यक्रममा लाग्नु हुन बिनम्र आग्रह गर्दछु ।’
साथै विदेशस्थित जनसम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरुलाई आफु सुरक्षित हुॅदै आफु बसेको देशमा रहेका नेपाली नागरिकहरुको अवस्थाबारे जानकारी लिदै उनीहरुलाइए आवश्यक सहयोग गर्न पनि डा.कोइरालाले आग्रह गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्