अपाङ्गता भएकी महिला बलात्कृत « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


अपाङ्गता भएकी महिला बलात्कृत


936
Shares

कपिलवस्तु । जिल्लाको महाराजगन्जमा ३५ वर्षीया एक अपाङ्गता भएकी महिला बलात्कृत भएकी छन् ।

महाराजगन्ज नगरपालिका–६ छोटकी बुटहनियामा अपाङ्गता भएकी महिलाको बलात्कार भएको प्रहरीले जनाएको छ ।

जेठ ४ गते बुधबार साँझ ५ बजे कोटिया बढनीबाट फर्किने क्रममा स्थानीय ग्रिस चौधरी(अग्गु) नामक युवाले उखु खेतमा लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय, कृष्णनगरले जनाएको छ ।

तीन छोरीकी आमा पीडित महिलाको मेडिकल परीक्षणका लागि पठाइएको र संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।