२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


विराटनगरमा मेयरमा कोइराला र उपमेयरमा कार्की विजयी


975
Shares

काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला र उपमेयरमा शिल्पा कार्की विजयी भएका छन् ।

मेयरमा नेपाली कांंग्रेसका उम्मेदवार नागेश ८ हजार ७ सय १५ मतको अग्रतासहित विजयी हुँदा उपमेयरमा नेकपा एमालेकी उम्मेदवार कार्की ११ हजार ४ सय ६१ मत अन्तरले विजयी हुनुभएको हो। विराटनगर महानगरपालिकामा मेयरमा नागेश कोइरालाले ३० हजार १ सय ७० मत प्राप्त गरेर विजयी हुनुभएको छ।

उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका मेयरका उम्मेदवार सागर थापाले २१ हजार ४ सय ५५ मत प्राप्त गरेर पराजित हुनुभएको हो । त्यस्तै स्वतन्त्र उम्मेदवार उमेश यादवले ८ हजार ७ सय ९५ मत प्राप्त गर्नुभएको छ । साथै राप्रपा उम्मेदवार प्रह्लाद साहले ५ हजार २ सय १६ मत प्राप्त गर्नुभएको छ।

सोही महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी शिल्पा कार्की २५ हजार ६ सय ८० मत प्राप्त गरेर विजयी हुनुभएको हो।उहाँका निकटतम प्रतिद्धन्द्धी जसपा उम्मेदवार अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत प्राप्त गरेर पराजित हुनुभएको छ ।त्यस्तै राप्रपा उम्मेदवार बिन्दा लुइँटेलले ६ हजार ४ सय १ मत प्राप्त गर्नुभएको छ ।

साथै स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५ हजार १ सय १७ मत प्राप्त गर्नुभएको छ ।