 
	    पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राख्नुभएको छ ।
६९ हजार ९ सय ६८ मतगणना हुँदा आचार्यले २८ हजार ५ सय ६३ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का कृष्ण थापाले २५ हजार ३ सय ५७ मत ल्याउनुभएको छ ।
आचार्य र थापाको मत अन्तर ३ हजार २ सय ६ पुगेको छ ।
राप्रपा शंकर खराल ३ हजार ६५ मत प्राप्त गर्दा लाैराे चुनाव चिन्ह लिएका स्वतन्त्र उम्मेदवार खड्कराज पौडेल गनेशले १ हजार ८ सय २२ मत प्राप्त गर्नुभएकाे छ ।
उपमेयरमा एमालेकी उमेदवार मन्जु गुरुङले अग्रता लिनुभएको छ । उहाँले १ सय २० मतले कांग्रेसकी उमेदवार कोपिला रानाभाटलाई पछि पार्नुभएको छ ।
मन्जुले २९ हजार २० मत प्राप्त गर्दा कोपिलाले २८ हजार ९ सय मत प्राप्त गर्नुभएको छ । राप्रपाकी रन्जना सेनले २ लाख ८ सय ८० मत ल्याउनुभएको छ ।
३३ वडा रहेको महानगरमा १५ वडाको मतगणना सकिँदा काग्रेसले ११ र एमाले ४ वडामा विजयी भएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्